September 19, 2024

एजेन्सी – विश्वकप विजेता अर्जेन्टिना लामो समय पछि पराजित भएको छ। कतारमा सम्पन्न विश्वकप जिते यता कुनै पनि खेलमा पराजित नभएको अर्जेन्टिना शुक्रबार बिहान पराजित भएको हो।

अर्जेन्टिना शुक्रबार बिहान उरुग्वेसंग पराजित हुन पुग्यो। दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना उरुग्वेसंग २-० को गोल अन्तरले हार्यो। अर्जेन्टिना घरेलु मैदानमै पराजित हुन पुगेको हो।

उरुग्वेको जितमा रोनाल्ड अराउजो र डार्विन नुनेजले गोल गरे। अर्जेन्टिना विरुद्ध उरुग्वेले पहिलो र दोस्रो हाफमा एक-एक गोल गर्यो। खेलको ४१ औं मिनेटमा अराउजोको गोलबाट उरुग्वेले अग्रता लियो।

खेलको ८७ औं मिनेटमा नुनेजले गोल गरेसंगै उरुग्वेको जित पक्का भयो। खेलभर अर्जेन्टिनाले बलमा ६४ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर अर्जेन्टिनाको तर्फबाट कुल १२ प्रहार भएका थिए।

तर अर्जेन्टिनाका कुनै पनि प्रहार गोलमा परिणत भएनन्। विश्वकपमा साउदी अरेबियासंग पराजित भएयता अर्जेन्टिनाले कुनै पनि खेल हरेको थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *