September 19, 2024

एजेन्सी – शुक्रबार राति साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासरले अल अखडोउदमाथि सानदार जित निकाल्यो। साउदी प्रो लिगको उपाधि होडमा रहेको अल नासरले अल अखडोउदमाथि ३-० को जित निकालेको हो।

अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले महत्वपूर्ण भूमिका निभाए। रोनाल्डोले दुई मिनेटको अन्तरमा सानदार दुई गोल गरेका थिए।

रोनाल्डोले खेलको ७७ र ८०औं मिनेटमा गोल गरेका थिए। दोस्रो गोल गरेसंगै रोनाल्डोले एक नयाँ रेकर्ड बनाएका छन्। रोनाल्डो अब पहिलो डिभिजन फुटबलमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।

५ सय २६ गोल गरेका जोसेफ बिकानलाई रोनाल्डोले एक गोलले पछि पारेका छन्। पहिलो डिभिजन क्लब फुटबलमा रोनाल्डोको गोल संख्या ५ सय २७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *