September 19, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले नयाँ रेकर्ड बनाएका छन्। सिटी आएदेखि निरन्तर गोल गरिरहेका हालाण्डले शनिबार राति नयाँ रेकर्ड बनाएका हुन्।

शनिबार सिटीले लिभरपुलको सामना गर्यो। हालाण्डले खेलको २७ औं मिनेटमा गोल गरे। सो गोलसंगै हालाण्ड प्रिमियर लिगमा सबै भन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन्।

हालाण्डले मात्र ४८ खेलमा ५० गोल पूरा गरे। हालाण्डले म्यानचेस्टर युनाइटेड र न्यूकासलका पूर्व स्ट्राइकर एन्डी कोलको कीर्तिमान तोडे। कोलले ६५ खेलमा ५० गोलको आँकडा पार गरेका थिए।

गत सिजन हालाण्डले प्रिमिय लिगमा ३६ गोल गरेका थिए। उनले गत सिजन प्रिमियर लिगमा सिटीका लागि ३५ खेल खेलेका थिए। त्यस्तै हालाण्डले यस सिजन पनि १४ गोल गरिसकेका छन्। उनले १३ खेलमा १४ गोल गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *