September 19, 2024

एजेन्सी – एसियन च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा साउदी क्लब अल नासरले पर्सेपोलिसको सामना गर्यो। खेलमा जित निकाल्न नसकेपनि अल नासर प्रतियोगिताको नकाउट चरणमा प्रवेश गर्यो।

कुनै पनि टोलीबाट गोल हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगिन पुग्यो। प्राय पेनाल्टीका लागि बठ्याई गर्ने गरेको आरोप लाग्ने गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सोमबार राति जे गरे त्यसले धेरैलाई चकित बनायो।

खेलको दोस्रो मिनेटमा रोनाल्डोले आफूले पाएको पेनाल्टी रेफ्रीलाई नदिन आग्रह गरे। इरानियन टोली पर्सेपोलिसविरुद्धको खेलको दोस्रो मिनेटमा ३८ वर्षीय खेलाडी विपक्षी टोलीको च्यालेन्जपछि लड्न पुगेका थिए।

चिनियाँ रेफ्री मा निङले तत्काल पेनाल्टी दिए। तर रोनाल्डोले उक्त निर्णय सही रेफ्रीलाई बताए। लगत्तै भिडियो एसिस्टेन्ट रेफ्रीको सहयोगमा रेफ्रीले उक्त निर्णय परिवर्तन गरे।

यति बेला रोनाल्डोको इमानदारीको सर्वत्र चर्चा भइरहेको छ। सामाजिक संजाल देखि मिडियाहरुमा रोनाल्डोकै चर्चा छ। धेरैले रोनाल्डो कति इमान्दार छन् भन्ने पुष्टि भएको भन्दा रोनाल्डोको प्रशंसा गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *