September 19, 2024

एजेन्सी- लिजेन्ड फ्रान्सेली लेफ्ट ब्याक बिक्सेन्टे लिजाराजुको भनाई मान्ने हो भने पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेमा पोर्चुगिज लेजेण्ड क्रिस्टियानो रोनाल्डोका केहि गुणहरु छन्।

एक मिडियासंगको कुराकानीका क्रममा लिजाराजुले एम्बाप्पेमा रोनाल्डोका केहि गुणहरु रहेको बताएका हुन्। दक्षता र मानसिकताको मामलामा एम्बाप्पे रोनाल्डो जस्तै रहेको लिजाराजुको भनाई छ।

“एम्बाप्पेसंग रोनाल्डोको जस्तै दक्षता र मानसिकता छ। उनी रोनाल्डो जस्तै तथ्याङ्कको हिसाबले सबै गर्न चाहन्छन्। उनले गर्ने सबै कुरा अभूतपूर्व छन्। हामीले बुझ्दैनौं । यो असामान्य छ। उनी एक्लै खेल परिवर्तन गर्ने क्षमता राख्छन्।”,लिजाराजुले भने।

एम्बाप्पे पछिल्लो पुस्ताका सबै भन्दा चर्चित र उत्कृष्ट खेलाडीमा पर्छन्। एम्बाप्पेलाई क्रिस्टियानो रोनाल्डोको आदर्श उत्तराधिकारीको रुपमा चर्चा गर्ने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *