September 19, 2024

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनान्डले क्रिस्टियानो रोनाल्डोलाई मन पराउने भएकै कारण अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अलेजान्ड्रो गार्नाचोलाई इन्स्टाग्राममा अनफलो गरेको दावी गरेका छन्।

एक कुराकानीका क्रममा फर्डिनान्डले रोनाल्डो गार्नाचोको आदर्श खेलाडी रहेको र सोहि कारणले गर्दा मेस्सीले गार्नाचोलाई इन्स्टाग्राममा अनफलो गरेको दावी गरेका हुन्।

गार्नाचो रोनाल्डोको ठूलो फ्यान रहेको र उनले रोनाल्डोलाई नै उत्कृष्ट खेलाडी मान्ने आफूलाई बताएको फर्डिनान्डको भनाई छ। अर्जेन्टिनी भएपनि गार्नाचो मेस्सी भन्दा रोनाल्डोलाई बढी मन पराउने फर्डिनान्डले बताए।

“गार्नाचो मेस्सीलाई भन्दा रोनाल्डोलाई मन पराउँछन्। यो कुरा गोप्य राखेनन्। त्यहि भएर मेस्सीले उनलाई अनफलो गरे। गार्नाचोले मलाई त्यहि बताएका छन्। उनी ठाडै म रोनाल्डोको समर्थक हुँ भन्छन्।”,फर्डिनान्डले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *