September 19, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले नयाँ रेकर्ड बनाएका छन्। च्याम्पियन्स लिग समूह चरणको पाँचौ खेलमा गोल गरेसंगै हालाण्डले नयाँ रेकर्ड बनाएका हुन्।

च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा सिटीले मंगलबार राति आरबी लाइपजिङको सामना गर्यो। पहिलो हाफमै पछि परेपनि सिटीले सानदार पुनरागमन गर्यो।

सिटीका लागि हालाण्डले एक गोल गरे। उनले सिटी २-० को गोल अन्तरले पछि रहेको अवस्थामा खेलको ५४ औं मिनेटमा गोल गरेका थिए। सो गोल हालाण्डका लागि च्याम्पियन्स लिगका ४० औं गोल थियो।

यससंगै हालाण्ड च्याम्पियन्स लिगमा सबै भन्दा छिटो ४० गोल पूरा गर्ने खेलाडी बनेका छन्। हालाण्ड ३५ खेलमा ४० गोल पूरा गर्न सफल भए। हालाण्डले १४ खेलमा २० तथा २५ खेलमा ३० गोल गरेका थिए।

सिटीका लागि फिल फोडेन र जुलियन अल्भारेजले गोल गर्दा लाइपजिङका लागि लोइस ओपनडाले दुई गोल गरेका थिए। सिटी र लाइपजिङ दुवै च्याम्पियन्स लिग नकआउटका लागि छनोट भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *