December 23, 2024

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड जित्नै पर्ने खेलमा रोकिएको छ। च्याम्पियन्स लिगको अर्को चरणमा पुग्न जित्नै पर्ने खेलमा युनाइटेड बराबरीमा रोकिएको हो।

बुधबार राति भएको खेलमा युनाइटेडले गालातासारायसंग ३-३ को बराबरी खेल्यो। खेलको ससुरुवातमै २ गोलको अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा युनाइटेडले जित निकाल्न सकेन।

खेलको ११औं मिनेटमा अलेहान्द्रो गार्नाचोजोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। १८औं मिनेटमा युनाईटेडले दोस्रो गोल गर्यो। सो गोल ब्रुनो फर्नान्डेजले गरेका थिए।

२९औं मिनेटमा फ्रिकिकमा गोल गर्दै हाकिम जिएकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए। ५५औं मिनेटमा युनाइटेडले तेस्रो गोल गर्यो। सो गोल स्कट मक्टोमिनेले गरेका थिए।

६२ आउँ मिनेटमा जिएकले व्यक्तिगत दोस्रो गोल गरे। उनले प्रहार गरेको फ्रिकिक बचाउने क्रममा आन्द्रे ओनानाले बललाई पोस्ट भित्र नै छिराएका थिए। ७१औं मिनेटमा जिएकको पासमा केरेम आक्टूरकोग्लुले सानदार गोल गरे।

यस बराबरीसंगै समूहको दोस्रो स्थानमा उक्लिने अवसर गुमायो। अंक तालिकामा बायर्न ५ खेलमा १३ अंकसहित समूह विजेता बनेको छ भने कोपेनहेगन र गालाटासरेको ५-५ अंक छ। म्यानचेस्टर युनाइटेड ४ अंकसहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *