September 19, 2024

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इङ्ल्यान्डका मिडफिल्डर जुड बेलिङहमले नयाँ रेकर्ड बनाएका छन्। च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा गोल गरेसंगै बेलिङहमले नयाँ रेकर्ड बनाएका हुन्।

बुधबार राति रियल म्याड्रिडले घरेलु मैदानमा नापोलीको सामना गर्यो। रियलले नापोलीलाई ४-२ को गोल अन्तरले विजयी भयो। रियलको जितमा रोड्रीगो, निको पाज, जोसेलु र जुड बेलिङहमले गोल गरे।

जुड बेलिङहमले खेलको २२ औं मिनेटमा गोल गरेका थिए। सो गोल संगै बेलिङहम रियल म्याड्रिडका लागि हरेक चार खेलमा गोल गर्ने पहिलो खेलाडी बने।

रियल आएपछि बेलिङहमले चार च्याम्पियन्स लिग खेल खेलेका छन्। जसमा सबै खेलमा उनले गोल गरेका छन्। बेलिङहम रियल म्याड्रिडका लागि पहिलो चार खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *