December 23, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विरुद्ध मुद्दा दर्ता भएको छ। एक क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनीको प्रवर्द्धन गरेको मामिलालाई लिएर रोनाल्डो विरुद्ध मुद्दा दर्ता भएको हो।

केहि समय अगाडी रोनाल्डो क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सको प्रवर्द्धन विज्ञापनमा देखिएका थिए। रोनाल्डोका कारण घाटाको लगानी गर्न प्रेरित भएको भन्दै उनी विरुद्ध मुद्दा दर्ता भएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

रोनाल्डो विरुद्ध अमेरिकामा मुद्दा दर्ता भएको बताइएको छ। मुद्दा दर्ता गर्नेहरुले १ बिलियन डलर भन्दा बढीको क्षतिपूर्ति माग गरेका छन्। यस सम्बन्धमा रोनाल्डो पक्षलाई सम्पर्क गर्न प्रयास गर्दा कुनै जवाफ नआएको बिबिसीले जनाएको छ।

नोभेम्बर २०२२ मा, बाइनान्सले रोनाल्डोसँगको साझेदारीमा आफ्नो पहिलो “CR7” सङ्कलन नन-फन्जिबल टोकन (NFTs) को घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *