September 19, 2024

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत अल नासरले शुक्रबार महत्वपूर्ण खेल खेल्दैछ। साउदी प्रो लिगको दोस्रो स्थानमा रहेको अल नासरले शुक्रबार शिर्ष स्थानको अल हिलालको सामना गर्न लागेको हो।

शुक्रबार अल नासरलाई अल हिलालसंगको अंक दूरी छोट्याउने सूवर्ण अवसर हुनेछ। अल नासरले साउदी प्रो लिगका खेल मध्ये ११ खेलमा जित निकाल्दा २ खेलमा पराजय भोगेको छ। त्यस्तै एक खेलमा बराबरी खेल्दा ३४ अंक बनाएको छ।

अल हिलाल अल नासर भन्दा चार अंकले अगाडी छ। अल हिलाल साउदी प्रो लिगको जारी सिजनमा अपराजित छ। आज हिलालले १४ मद्ये १२ खेलमा जित निकालेको छ भने २ खेलमा बराबरी खेलेको छ।

शुक्रबार अल नासर अल हिलाललाई सिजनको पहिलो हार चखाउने दाउमा हुनेछ भने अल हिलाल अपराजित यात्रालाई कायम राख्ने योजनामा हुनेछ। अल नासर साउदी लिगमा पछिल्ला १२ खेल देखि अपराजित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *