September 19, 2024

एजेन्सी – केहि खेल मिडियामा आएका खबर अनुसार प्रिमियर लिग क्लब लिभरपुलले आगामी समर ट्रान्सफर विन्डोमा क्लबमा स्टार मोहम्मद सलाहलाई बिक्री गर्न सक्छ।

गएको समर ट्रान्सफर विन्डोमै साउदी क्लबहरुले सलाहलाई भित्र्याउन उत्कृष्ट प्रस्ताव पठाएको हुँदा लिभरपुलले सलाहलाई आउने समर ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्ने युरोपेली खेल मिडियाहरुले जनाएका छन्।

समर ट्रान्सफर विन्डोमा साउदी क्लब अल इत्तिहादले सलाहका लागि २ सय मिलियन युरो आसपासको प्रस्ताव लिभरपुललाई पठाएको थियो। तर क्लबले सो प्रस्तावलाई अस्विकार गरेको थियो।

आउने समर ट्रान्सफर विन्डोमा भने लिभरपुलले सलाहलाई बिक्री गर्न सक्ने उच्च सम्भावना रहेको बताइन्छ। सलाहलाई बिक्री गर्दा प्राप्त हुने रकम लिभरपुलले पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पे भित्र्याउन खर्च गर्न सक्ने सम्भावना रहेको केहि खेल मिडियाहरुको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *