September 19, 2024

एजेन्सी – साउदी प्रो लिगमा अल नासरको अपराजित यात्रा रोकिन पुगेको छ। लगातार १२ खेल देखिको अल नासरको अपराकोट यात्रा शुक्रबार टुंगिएको हो।

शुक्रबार राति महत्वपूर्ण खेलमा अल नासर अल हिलालसंग पराजित हुन पुग्यो। बलमा बढी नियन्त्रण राखेपनि अल नासर अल हिलालसंग ३-० को गोल अन्तरले पराजित भयो।

अल हिलालका लागि एलेक्जान्दर मिट्रोभिकले २ गोल गर्दा सेर्गेइ मिलिनकोभिक सभिकले एक गोल गरे। अल हिलालका तीनै गोल दोस्रो हाफमा आएका थिए।

खेलको अन्त्य तिर अल हिलाल १० खेलाडीमा समेटिएको थियो। अल हिलालका अलि अल्बुलायहिले खेलको ९३औं मिनेटमा रेड कार्ड बेहोरेका थिए। यस जितसंगै अल हिलालले शिर्ष स्थानमा बलियो पकड बनाएको छ।

अल हिलाल साउदी प्रो लिगको जारी सिजनमा अपराजित छ। उसले सिजनका १५ खेल मध्ये १३ खेलमा जित निकाल्दा २ खेल बराबरी खेलेको छ।

अल नासरले भने यस सिजन ३ खेलमा पराजय भोग्दा ११ खेलमा जित निकालेको छ। अल नासरको ३४ अंक छ भने अल हिलालको ४१ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *