September 19, 2024

एजेन्सी – अल नासरले साउदी प्रो लिगको महत्वपूर्ण खेलमा अल हिलालको सामना गर्यो। सिजनको पहिलो रियाद डर्बीमा अल नासर अल हिलालसंग पराजित हुन पुग्यो।

अल हिलाल र अल नासर आमने-सामने हुँदा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पनि खेले। यधपी रोनाल्डोले अल नासरको हार टार्न भने सकेनन्। रोनाल्डोको आँखै अगाडी अल नासरले साउदी प्रो लिगमा १२ खेल पछि हार बेहोर्यो।

केहि तनावपूर्ण बनेको खेलमा अल हिलालका समर्थकले रोनाल्डोलाई चिढ्याउन अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नाम लिँदै नारा लगाए। स्टेडियममा खेलभर ‘मेस्सी-मेस्सी’को नारा लागेका थिए।

मेस्सीको नारा लाग्दा रोनाल्डो केहि क्रोधित देखिन्थे। गत समर ट्रान्सफर विन्डोमा मेस्सीको नाम अल हिलालसंग जोडिएको थियो। अल हिलाल मेस्सीलाई भित्र्याउन डटेर लागेको थियो।

त्यसबेला अल हिलालले मेस्सीलाई ठूलो प्रस्ताव पठाएको थियो। तर मेस्सी अल हिलालको प्रस्ताव अस्विकार गर्दै इन्टर मियामी तर्फ लागेका थिए। मेस्सी अर्कै लिगमा पुगेपछि अल हिलाल समर्थक मेस्सीको नामको नारा निरन्तर लगाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *