September 19, 2024

एजेन्सी – साउदी क्लब अल हिलालले गत अगस्टमा पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट ब्राजिलियन स्टार नेयमारलाई अनुबन्ध गर्यो। नेयमारलाई अनुबन्ध गर्दा अल हिलालको लक्ष्य स्पष्ट थियो – साउदी प्रो लिग जित्ने।

नेयमार अल हिलालसंग सम्झौता गरेपछि घाइते अवस्थामा साउदी पुगे। जसकारण उनले अल हिलाल डेब्यूका लागि केहि समय कुर्नु पर्यो। तर केहि केहि खेल लगत्तै नेयमार घाइते हुन पुगे।

नेयमार ब्राजिलका लागि राष्ट्रिय टोलीको ड्यूटीमा हुँदा घाइते हुन पुगे। नेयमार घाइते हुँदा अल हिलाललाई पक्कै पनि झड्का लाग्यो। तर नेयमारको अनुपस्थितिमा पनि अल हिलाल उच्च प्रदर्शन गरिरहेको छ।

अल हिलाल साउदी प्रो लिगमा अपराजित छ। साउदी प्रो लिगका १५ खेल मध्ये अल हिलालले १३ खेलमा जित निकालिसकेको छ। शुक्रबार राति अल नासरलाई पराजित गरेपछि लिगमा हिलालको ७ अंकको अग्रता भएको छ।

नेयमार नभएपनि अल हिलाल सिङ्गो टीमको रुपमा धेरै बलियो देखिएको छ। डिफेन्स र आक्रमण पङ्ती दुवै चल्दा अल हिलालले उच्च संख्यामा गोल गरिरहेको छ भने एकदमै कम गोल बेहोरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *