September 19, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अहिले आफू कोपा अमेरिका उपाधिको रक्षा गर्ने बारे सोचिरहेको जानकारी दिएका छन्। एक कुराकानीका क्रममा मेस्सीले पहिला कोपा अमेरिका उपाधि रक्षा गर्ने आफ्नो योजना रहेको बताएका हुन्।

स्टार+ डकुमेन्ट्री ‘च्याम्पियन्स, एक वर्ष पछि’ मा बोल्दै मेस्सीले सन् २०२६ को विश्वकप बारे सोच्नु भन्दा अगाडी आफू कोपा अमेरिका उपाधि रक्षा गर्ने तर्फ केन्द्रित रहेको बताए।

सन् २०२४ मा हुने कोपा अमेरिकामा सहभागी भएपछि मात्रै विश्वकप बारे सोच्ने मेस्सीको भनाई छ। त्यसक्रममा उनले सन् २०२६ को विश्वकपमा सहभागी हुने आफ्नो चाहना रहेको बताउन भने छुटाएनन्।

“आज म कोपा अमेरिकामा राम्रोसँग पुग्ने र त्यसमा प्रतिस्पर्धा गर्न सक्षम हुने कुरा मात्र सोचिरहेको छु। कोपा अमेरिकामा उपाधिको रक्षा गर्ने तर्फ म केन्द्रित छु। त्यसपछि मात्रै विश्वकप बारे सोचौंला।”,मेस्सीले भने।

अर्जेन्टिना वर्तमान कोपा अमेरिका र विश्वकप विजेता हो। मेस्सीले सन् २०२२ मा सम्पन्न विश्वकप पश्चात सन्यास लिने अनुमान गरिरहेका थिए। तर मेस्सी यति बेला विश्व विजेताको रुपमा अर्जेन्टिनासंग उच्च स्तरको फुटबल खेलिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *