September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अर्को विश्वकपमा सहभागी हुन कठीन हुन सक्ने बताएका छन्। एक कुराकानीका क्रममा मेस्सीले उमेरका हिसाबले आगामी विश्वकपमा आफू सहभागी हुन कठीन हुन सक्ने बताएका हुन्।

स्टार+ डकुमेन्ट्री ‘च्याम्पियन्स, एक वर्ष पछि’ मा बोल्दै मेस्सीले सन् २०२६ को विश्वकपमा उमेरका कारण सहभागी हुन कठीन हुन सक्ने बताए। विश्वकप भन्दा पनि सन् २०२४ को कोपा अमेरिका तर्फ आफ्नो ध्यान रहेको मेस्सीको भनाई छ।

कतारमा सम्पन्न विश्वकप पश्चात सन्यास लिन्छु जस्तो लागेपनि त्यसपछि थप खेल्न आफू प्रेरित भएको मेस्सीले सो डकुमेन्ट्रीका क्रममा बताएका छन्। त्यसक्रममा मेस्सीले शतप्रतिशत आगामी विश्वकपमा सहभागी हुन्न भनेर दावी गरिहाल्न भने चाहेनन्।

“विश्वकप पछि नै सन्यास लिन्छु होला भन्ने लागेको थियो, तर त्यसको विपरित म खेल्न चाहिरहेको छु। उमेरलाई ध्यानमा राख्दा अर्को विश्वकप खेल्छु जस्तो लाग्दैन। तर खेल्दै खेल्दिन भनेर भनिहाल्ने अवस्था भने छैन।”,मेस्सीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *