September 19, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल हिलाल यति बेला उच्च लयमा छ। सिजनको सुरुवातबाट अल हिलालले धेरै राम्रो प्रदर्शन गरिरहेको छ। अल हिलालले घरेलु लिगको पछिल्लो खेलमा उपाधि दाबेदार अल नासरलाई पराजित गर्यो।

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको आँखै अगाडी अल हिलालले जित निकाल्दै शिर्ष स्थानको अग्रता थप बलियो बनायो। अल हिलालले साउदी प्रो लिगको जारी सिजनमा कुनै पनि खेलमा पराजय भोग्नु परेको छैन।

१५ खेल खेल्दा उसले १३ खेलमा निकाल्दा २ खेल बराबरी खेलेको छ। दोस्रो स्थानको अल नासर भन्दा हिलाल ७ अंकले अगाडी छ। एक हिसाबले भन्नुपर्दा अल हिलाल साउदी प्रो लिग च्याम्पियन बन्ने बाटोमा अगाडी बढिरहेको छ।

अल हिलालले यहि लयलाई कायम राखिराख्ने हो भने साउदी प्रो लिग जित्न सक्छ। अल हिलालको उच्च लय कायम रहेको अवस्थामा अल नासर र रोनाल्डोको च्याम्पियन्स बने योजना चकनाचुर हुन सक्छ।

तर सिजन आधा पनि भइनसकेको अवस्थामा अल हिलाल नै च्याम्पियन भन्छ भन्न भने हतार हुनेछ। जे हो अल हिलालले साउदी प्रो लिगमा धेरै राम्रो सुरुवात गरेको तथ्यलाई नकार्न सकिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *