September 19, 2024

एजेन्सी – एसियन च्याम्पियन्स लिगमा आज राति साउदी प्रो लिग क्लब अल नासरले इष्टिकलोलको सामना गर्दैछ। एएफसी च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेको अल नासरले आज इष्टिकलोलको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार रातको ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

जारी प्रतियोगितामा अल नासर अपराजित छ। समूह चरणका ५ खेल मध्ये ४ खेलमा जित निकाल्दा अल नासरले एक खेलमा बराबरी खेलेको छ। १३ अंक सहित समूहको शिर्ष स्थानमा रहँदै अल नासरले एक खेल अगावै नकआउटमा स्थान बनाएको थियो।

इष्टिकलोल भने समूहको अन्तिम स्थानमा छ। इष्टिकलोलले अहिले सम्म एक खेलमा पनि जित निकाल्न सकेको छैन। दुई बराबरी खेल्दै उसले २ अंक बनाएको छ।

आजको खेलमा अल नासरलाई पराजित गरेपनि इष्टिकलोल नकआउट चरणमा पुग्ने छैन। अल नासर र इष्टिकलोल बीचको पहिलो लेगको खेलमा अल नासर ३-१ को गोल अन्तरले विजयी भएको थियो।

रोनाल्डो खेल्ने सम्भावना कति ?

अल नासर एसियन च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेका कारण आज क्रिस्टियानो रोनाल्डो खेल्ने छैनन्। रोनाल्डोलाई आज आराम दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *