एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका उदयीमान युवा खेलाडी लामाइन यामल लियोनेल मेस्सी फ्यान निस्किएका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा यामलले आफू मेस्सी समर्थक रहेको खलासा गरेका हुन्।
यामलले आफू मेस्सीको समर्थक रहेको र मेस्सी आफ्ना लागि आइडल रहेको बताए। मेस्सीकै कारण फुटबल खेल्न जोश र प्रेरणा मिलेको यामलको भनाई छ।
“मेस्सी मेरो आइडल हुन्। मसंग अरु कोहि आइडल छैनन्। उनकै कारण मेरो जोश बढेको छ। खेलप्रतिको लगाव उनकै प्रेरणा हो”,यामलले एक कुराकानीका क्रममा भने।
यामल पछिल्लो समय सबैलाई चकित पर्ने प्रदर्शन गरिरहेका छन्। मात्र १६ वर्षको उमेरमा उनी परिपक्क फुटबल खेलिरहेका छन्। मेस्सी जस्तै यामल पनि बार्सिलोनाको ला मसिया एकेडेमीका उत्पादन हुन्।