September 19, 2024

एजेन्सी – अर्जेन्टिना र इन्टर मियामीका स्टार लियोनेल मेस्सीले अर्को अवार्ड जितेका छन्। सन् २०२२ मा विश्वकप जितेपछि निरन्तर विभिन्न व्यक्तिगत अवार्डहरु जित्दै आएका मेस्सीले नयाँ अवार्ड जितेका हुन्।

मेस्सी टाइम म्यागजिनले वर्ष खेलाडी घोषित भएका छन्। इतिहाँसमै पहिलो पटक टाम्स म्यागजिनले एक फुटबलरलाई वर्ष खेलाडी घोषित गरेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

मेस्सी टाइम म्यागजिनको वर्ष खेलाडी अवार्ड जित्ने पहिलो फुटबलर बनेका छन्। मेस्सीले केहि समय अगाडी मात्र कीर्तिमानी बालोन डी’ओर उपाधि पनि जितेका थिए।

“यो वर्ष लियोनेल मेस्सीले इन्टर मियामीसँग हस्ताक्षर गर्दा असम्भव देखिने काम गर्न सफल भए। अमेरिका अहिले फुटबल राष्ट्रमा परिणत भएको छ।”,म्याग्जिनले मेस्सीलाई वर्ष खेलाडी घोषित गर्दै भनेको छ।

म्यागजिनले मेस्सीको आगमनले उपस्थिति, टिकटको मूल्य, व्यापारिक सामानको बिक्री र मेजर सकर लिग खेलहरूको दर्शकको संख्यामा वृद्धि भएको बताएको छ।

यस अवार्ड अहिले सम्म जिमनास्ट सिमोन बाइल्स, पौडीबाज माइकल फेल्प्स र एनबीए सुपरस्टार लेब्रोन जेम्स जस्ता हस्तीहरुले जितिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *