एजेन्सी – बार्सिलोनाका पूर्व स्टार लुइस सुआरेजले सन्यासलाई लिएर अचम्म लाग्दो खुलासा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा सुआरेजले हालसालै सन्यास बारे अचम्म लाग्दो खुलासा गरेका हुन्।
सुआरेजका अनुसार मेस्सी, नेयमार र उनले बार्सिलोनामा हुँदा नै सन्यासको योजना बनाइसकेका छन्। बार्सिलोनामा हुँदा तीन मिलेर खेल जीवनको अन्त्यमा एकै क्लबबाट पुनः खेल्ने आफूहरुले योजना बनाएको सुआरेजले एक अन्तर्वार्ताका क्रममा बताए।
नेयमारको ठेगान नभएपनि उरुग्वेका खेलाडीले आफू र मेस्सीले पक्कै पनि सँगै सन्यास लिने खुलासा गरे। सुआरेजले थपे कि नेयमार पनि सन्यासको बारेमा छलफलको एक हिस्सा थिए।
सुआरेज, मेस्सी र नेयमार तीनै एक समयमा बार्सिलोनाबाट खेल्थे। सो समयमै तीन बीच सन्यासको योजनाको विषयमा कुराकानी भएको सुआरेजले बताए।
“हामीले नेमारसँग पनि यसमा सहमति जनाएका थियौं। हामी हाम्रो करियरको अन्तिम दिनहरू एउटै क्लबमा बिताउने आशा गर्छौं। विशुद्ध फुटबलको आनन्द उठाउने र मज्जाले फुटबल खेल्ने र संगै सन्यास लिने हामीले सल्लाह गरेका थियौं। मलाई नेयमारको बारेमा थाहा छैन, तर मेस्सी र म पक्कै पनि सँगै हुनेछौं।”,सुआरेजले भने।