एजेन्सी – प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले अर्को हार बेहोरेको छ। बुधबार राति सम्पन्न खेलमा सिटी एस्टन भिल्लासंग पराजित हुन पुगेको हो।
सिटी एस्टन भिल्लाको घरेलु मैदानमा १-० को गोल अन्तरले पराजित भयो। बलमा बढी नियन्त्रण राख्दा पनि खुलेर आक्रमण गर्न नसक्दा सिटी हार्न बाध्य भयो।
खेलभर सिटीले बलमा ५४ प्रतिशत नियन्त्रण राखेको थियो। तर सिटीको तर्फबाट खेलभर मात्र दुई प्रहार भएका थिए। जसमध्ये २ प्रहार टार्गेटमा हुँदा पनि गोल गर्न भने सिटी असफल रह्यो।
एस्टन भिल्लाले भने खेलभर कुल २२ प्रहार गरेको थियो। जसमद्ये ७ प्रहार टार्गेटमा थिए भने एक प्रहार गोलमा परिणत भयो। एस्टन भिल्लाका लागि खेलको ७४ औं मिनेटमा लियोन बेलीले गोल गरे। उनको गोल नै निर्णायक बन्यो।
सिटी माथि जित निकालेसंगै एस्टन भिल्ला प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। भिल्लाले १५ खेलमा १० जित, २ बराबरी र ३ हार सहित ३२ अंक बनाएको छ। पराजित सिटी ३० अंक सहित चौंथो स्थानमा छ।