September 19, 2024

एजेन्सी – एस्टन भिल्ला विरुद्धको खेल म्यानचेस्टर सिटीका नर्वेली स्ट्राइकर एर्लिङ हालाण्डका लागि खास रहन सकेन। सिटी पराजित भएको खेलमा हालाण्डको प्रदर्शन निराशजनक रह्यो।

एस्टन भिल्लाको बलियो डिफेन्स विरुद्ध हालाण्ड कम्जोर देखिए। एक हिसाबले भन्ने हो भने एस्टन भिल्ला विरुद्धको खेलमा हालाण्ड फ्लप भए, उनको जोर चलेन।

हालाण्डले भिल्ला विरुद्धको खेलमा मात्र १७ पटक बल छुन पाए। जसमा उनले ७ पास पूरा गरे भने ४ पटक बल गुमाए। त्यस्तै हालाण्डले गोलको दुई अवसर पाएपनि गोल गर्न सकेनन्।

खेलको सुरुवातमा हालाण्डको उत्कृष्ट दुई प्रहार भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेजले रोके। हालाण्डको उत्कृष्ट शट खेलको ११ औं मिनेटमा आएको थियो।

त्यसपछि भने हालाण्डले खासै उत्कृष्ट प्रहार गर्ने अवसर पाएनन्। दोस्रो हाफमा भिल्लाका लागि लियोन बेलीले गोल गरे। खेलको ७४ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्दा सिटी माथि भिल्लाले जित निकाल्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *