September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पेलाई अल्टिमेटम दिएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार रियलले एम्बाप्पेलाई सम्झौता गर्नको लागि अल्टिमेटम दिएको हो।

रियलले एम्बाप्पेलाई जनवरी १५ सम्मको अल्टिमेटम दिएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। दिइएको अल्टिमेटम सम्म सम्झौता नगरे एम्बाप्पेका लागि रियलको डोका बन्द हुने बताइएको छ।

पिएसजी र एम्बाप्पे बीचको सम्झौता आउने समर ट्रान्सफर विन्डोमा सकिँदैछ। यसको अर्थ एम्बाप्पेले जनवरीबाट विश्वका जुन सुकै क्लबसंग अग्रिम सम्झौता गर्न सक्नेछन्।

रियलले एम्बाप्पेलाई भित्र्याउन विभिन्न पटक प्रयास गरिसकेको छ। यस पटक भने रियल एम्बाप्पेको विषयमा वारपार गर्ने योजनामा छ। उता पिएसजी पनि एम्बाप्पेलाई मनाउने योजनामा छ।

पिएसजीले एम्बाप्पेलाई कम्तिमा एक सिजनका लागि सम्झौता थप गर्न आग्रह गरिरहेको छ। एम्बाप्पेले सम्झौता थप नगरेको अवस्थामा पिएसजीले उनलाई सित्तैमा गुमाउनु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *