September 20, 2024

एजेन्सी – खेलको म्यान अफ द म्याच अवार्ड कुनै खास खेलको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिने गरिन्छ। कुनै पनि खेलमा पारेको महत्वपूर्ण प्रभावलाई ध्यानमा राखेर दिइने यो अवार्ड जित्न सबै फुटबल खेलाडीहरु सक्दो प्रयास गर्छन्।

अहिले यहाँ फुटबलको इतिहाँसमा सबै भन्दा बढी म्यान अफ द म्याच अवार्ड जित्ने पाँच पुरुष फुटबल खेलाडीहरुका बारेमा चर्चा गर्दैछौँ। फुटबल इतिहाँसमा सबै भन्दा बढी म्यान अफ द म्याच अवार्ड अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले जितेका छन्।

क्लब फुटबलमा बार्सिलोना, पेरिस सेन्ट जर्मेन(पिएसजी) र इन्टर मियामीबाट फुटबल खेलेका मेस्सीले अहिले सम्म ३ सय ९५ खेलमा म्यान अफ द म्याच अवार्ड जितेका छन्।

म्यान अफ द म्याच अवार्ड जित्ने मामलामा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्। यस मामलामा रोनाल्डो मेस्सी भन्दा २ सय १९ खेलले पछि छन्। रोनाल्डोले अहिले सम्म १ सय ७६ पटक म्यान अफ द म्याच अवार्ड जितेका छन्।

सबै भन्दा धेरै म्यान अफ द म्याच अवार्ड जित्ने सूचीको तेस्रो स्थानमा स्विडीस स्टार ज्लाटन इब्राहिमोभिच छन्। फुटबलबाट सन्यास लिसकेका उनले १ सय १६ पटक म्यान अफ द म्याच अवार्ड जितेका छन्।

यो सूचीको चौंथो स्थानमा इडेन हाजार्ड र पाँचौ स्थानमा रोबर्ट लेवान्डोस्की छन्। हाजार्डले १ सय पटक म्यान अफ द म्याच अवार्ड जित्दा रोबर्ट लेवान्डोस्कीले ९६ पटक यो अवार्ड जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *