September 20, 2024

एजेन्सी – साउदी प्रो लिगमा आज अल नासरले अल रियादको सामना गर्दैछ। साउदी प्रो लिगको जारी सिजनको १६ औं खेलमा अल नासरले अल रियादको सामना गर्न लागेको हो।

साउदी प्रो लिगको पछिल्लो खेलमा अल नासर अल हिलालसंग पराजित हुन पुगेको थियो। सो खेलको हार भुलाउने प्रदर्शन गर्ने योजना सहित अल नासर मैदानमा उत्रनेछ।

अल नासर यति बेला साउदी प्रो लिगको दोस्रो स्थानमा छ। सिजनका १५ खेल खेल्दा उसले ११ खेलमा जित निकालेको छ भने तीन खेलमा हार बेहोरेको छ। एक बराबरी सहित अल नासरको ३४ अंक छ।

त्यस्तै अल रियाद भने लिगको १३ औं स्थानमा छ। रियादले यस सिजन ४ खेलमा जित निकाल्दा ७ खेलमा पराजय भोगेको छ। त्यस्तै ४ बराबरी सहित उसले १६ अंक बनाएको छ।

अल नासरका लागि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन्। साउदी लिगमा रोनाल्डोले यस सिजन १४ खेलमा १५ गोल गरिसकेका छन्। रोनाल्डो लिगको शिर्ष गोलकर्ता रहेका छन्। उनी साउदी लिगको शिर्ष गोलकर्ताको सूचीमा २ गोलको अग्रता बनाएर शिर्ष स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *