September 20, 2024

एजेन्सी – ब्राजिलियन पूर्व फुटबलर रोबर्टो कार्लोसले सन् २०२४ को कोपा अमेरिका प्रतियोगिता नजिकिरहेको अवस्थामा लियोनेल मेस्सीको अर्जेन्टिनालाई चेतावनी दिएका छन्।

एक कुराकानीका क्रममा कार्लोसले ब्राजिकलाई कम्जोर नआँक्न चेतावनी दिएका हुन्। पछिल्लो समय ब्राजिलको राष्ट्रिय टोली कम्जोर लयबाट गुज्रिरहेको भएपनि कम्जोर आँक्न नहुने कार्लोसको भनाई छ।

ब्राजिलको टोलीमा नयाँ प्रशिक्षक रहेको हुँदा केहि समय आवश्यक पर्ने र त्यसपछि ब्राजिल लयमा फर्किने कार्लोसले विश्वास व्यक्त गरे। ब्राजिलसंग धेरै राम्रा खेलाडीहरु रहेको बताउन पनि कार्लोसले छुटाएनन्।

“आफ्नो अनुभवबाट म भन्छु – ब्राजिलको राष्ट्रिय टोलीलाई कहिल्यै कमजोर नआँकेकै राम्रो। हामीले अहिले नयाँ प्रबन्धक पाएका छौं र हामीले उहाँलाई काम गर्न केही समय दिन आवश्यक छ। हामीसँग उत्कृष्ट खेलाडी र राम्रो व्यवस्थापन छ। म विश्वस्त छु कि कोपा अमेरिका प्रतिस्पर्धात्मक र धेरै रोमाञ्चक हुनेछ।”,कार्लोसले भने।

कोपा अमेरिका सुरु हुन लगभग ८ महिना बाँकी रहेको अवस्थामा ब्राजिल कम्जोर लयबाट गुज्रिरहेको छ। ब्राजिल विश्वकप छनोटको छैठौं स्थानमा छ। विश्वकप छनोटका ६ खेल खेल्दा ब्राजिलले मात्र २ खेलमा जित निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *