September 20, 2024

एजेन्सी ब्राजिलियन लेजेण्ड रोनाल्डोले सन् २०२४ को कोपा अमेरिका प्रतियोगितामा उरुग्वेले सबैलाई कडा टक्कर दिने बताएका छन्। एक कुराकानीका क्रममा रोनाल्डोले उरुग्वे कोपा अमेरिका उपाधिको दाबेदार रहेको बताएका हुन्।

रोनाल्डोका अनुसार उरुग्वेले पछिल्लो समय जस्तो खेलिरहेको त्यसले उनीहरुलाई कोपा अमेरिकाको दाबेदार बनाएको छ। दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेको प्रदर्शन हेर्दा आफूलाई त्यस्तो लागेको रोनाल्डोको भनाई छ।

कोपा अमेरिका प्रतियोगितामा उरुग्वे एकातिर र अन्य टोली अर्कोतिर हुने रोनाल्डोले बताए। त्यसक्रममा रोनाल्डोले उरुग्वे पछि अर्जेन्टिना र ब्राजिल कोपा अमेरिका उपाधिको दाबेदार रहने बताउन छुटाएनन्।

“विश्वकप छनोटमा उरुग्वेले जे गरिरहेको छ, त्यो मैले देखेको छु। उरुग्वे धेरै नै राम्रो टोलीको रुपमा अगाडी आएको छ। हालसालै उनीहरुले ब्राजिल र अर्जेन्टिना दुवैलाई हराए। कोपा अमेरिकामा उनीहरु प्रमुख दाबेदारको रुपमा सहभागी हुनेछन्। मेरो विचारमा उरुग्वे कोपा अमेरिकाको पहिलो दाबेदार हो। त्यसपछि दोस्रो दाबेदार अर्जेन्टिना र तेस्रो दाबेदार ब्राजिल हो।”,रोनाल्डोले भने।

विश्वकप छनोटमा उरुग्वेले ब्राजिल र अर्जेन्टिना जस्ता टोलीलाई पराजित गरिसकेको छ। विश्वकप छनोटमा उरुग्वेले ब्राजिललाई र अर्जेन्टिना दुवै टोलीलाई २-० को गोल अन्तरले पराजित गरेको थियो। –

Leave a Reply

Your email address will not be published. Required fields are marked *