September 20, 2024

एजेन्सी – मेजर सकर लिगका कमिश्नर डन गार्बरले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीका कारण सबैको नजर मेजर सकर लिगमा रहेको बताएका छन्।

एक कुराकानीका क्रममा कमिश्नर डन गार्बरले मेस्सीको आगमनले मेजर सकर लिगलाई राम्रो स्पट’लाइट दिएको बताएका हुन्। विश्वभरको ध्यान मेजर सकर लिगमा तान्न मेस्सी सफल भएको गार्बरको भनाई छ।

“संसारको नजर अब मेजर लिग सकरमा छ किनभने फुटबल खेलकै उत्कृष्ट खेलाडी यहाँ छन्। र उनी सबैको ध्यान तान्न सफल भएका छन्।”,गार्बरले भने।

गार्बरले मेस्सीसंग नयाँ गन्तव्यका लागि कयौं विकल्प रहेपनि मेजर सकर लिगलाई रोजेको बताए। मेजर सकर लिगमा आवद्ध हुने मेस्सीको निर्णयको गार्बरले खुलेर प्रशंसा गरे।

उनले भने,”लिओनेल मेस्सीसँग आफ्नो प्रतिष्ठित फुटबल खेल्ने करियरको अर्को अध्यायको लागि धेरै विकल्पहरू थिए। तर उनले मेजर सकर लिग रोजे। उनको निर्णयले लिगमा पारेको प्रभाव साँचै अतुलनीय छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *