September 20, 2024

एजेन्सी – साउदी प्रो लिगमा लिग लिडर अल हिलालले अपराजित यात्रालाई कायमै राखेको छ। सिजनको सुरुवात देखि उच्च प्रदर्शन गरिरहेको अल हिलालले अपराजित यात्रालाई कायमै राखेको हो।

शक्रबार राति अल हिलालले अल टाईलाई २-१ गोल अन्तरले पराजित गर्यो। अल हिलालको जितमा सलेम अलडावसारी र अलेक्जाण्डर मिट्रोभिकले एक एक गोल गरे। घरेलु टोलीका लागि एक मात्र गोल तारिक मोहमदले गरे।

नो नेयमार, नो प्रब्लम

अल हिलालले गत समर ट्रान्सफर विन्डोमा ब्राजिलियन स्टार नेयमारलाई भित्र्याएको थियो। तर अल हिलालले नेयमारको साथ पाउन सकेन। ब्राजिलका लागि विश्वकप छनोट खेल्दा नेयमार नराम्रोसंग घाइते भए।

नेयमारको खुट्टाको शल्यक्रिया भइसकेको छ। नेयमारका लागि यस सिजन धेरै हद सम्म सकिएको छ। तर नेयमार नहुँदा पनि अल हिलाललाई फरक परेको छैन।

अल हिलालले यस सिजन निरन्तर जित निकालिरहेको छ। यसै सिजन अल हिलाल आइपुगेका मिट्रोभिकले निरन्तर गोल गरिरहेका छन्। उनले यस सिजन साउदी लिगमा १४ गोल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *