September 20, 2024

एजेन्सी – साउदी प्रो लिगमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो निरन्तर उच्च प्रदर्शन गरिरहेका छन्। सन् २०२२-२३ को सिजनको जनवरीमा अल नासर आवद्ध भएका रोनाल्डोले दोस्रो सिजनमा पनि आफ्नो उच्च प्रदर्शनलाई कायम राखेका छन्।

रोनाल्डोले यस सिजन साउदी प्रो लिगमा अल नासरका लागि कुल १५ खेल खेलेका छन्। जसमा उनले १६ गोल गरिसकेका छन् भने उनले ८ असिस्ट पनि दिएका छन्।

रोनाल्डो यस सिजन साउदी प्रो लिगको गोल्डेन बुट जित्ने योजनामा छन्। तर गोल्डेन बुट जित्न रोनाल्डोलाई सोचे जस्तो सहज भने हुने छैन। रोनाल्डोलाई गोल्डेन बुट रेसमा अलेक्जाण्डर मिट्रोभिकले कडा टक्कर दिरहेका छन्।

साउदी प्रो लिग लिडर अल हिलालका लागि मिट्रोभिकले निरन्तर गोल गरिरहेका छन्। उनले यस सिजन हिलालका लागि १४ खेल खेलेका छन्। जसमा उनले १४ नै गोल गरेका छन् र ३ असिस्ट दिएका छन्।

मिट्रोभिक गोलको मामलामा रोनाल्डो भन्दा मात्र २ गोलले पछि छन्। उनको प्रदर्शन हेर्दा यस्तो लाग्छ उनी रोनाल्डोलाई गोल्डेन बुट जित्नबाट रोक्न सक्ने लयमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *