एजेन्सी – जर्मन बुन्डेसलिगामा साविक विजेता बायर्न म्युनिखले लज्जास्पद हार बेहोरेको छ। जर्मन बुन्डेसलिगाको जारी सिजनको १३ औं खेलमा बायर्नले लज्जास्पद हार बेहोरेको हो।
बायर्नले घरेलु टोली फ्रान्कफुर्टसँग ५–१ फराकिलो गोल अन्तरले हार बेहोर्यो। घरेलु टोलीका लागि फ्रान्कफुर्टका एरिक इविम्वेले दुई तथा ओमर मारमस, ह्युगो लार्सन र अन्सगर नाउफले समान एक गोल गरे।
बायर्नका योसुवा किम्मिखले आफ्नो टोलीका लागि एक मात्र गोल गरे। बलमा राम्रो नियन्त्रण राखेपनि शनिबार राति बायर्न डिफेन्स र आक्रमणमा नराम्रोसंग चुक्यो।
बायर्न पहिलो हाफमा २-१ को गोल अन्तरले पछि परेको थियो। तर दोस्रो हाफमा ३ गोल बेहोर्दा ५-१ को लज्जास्पद हार सहन बायर्न म्युनिख बाध्य भयो।
यस हार संगै बायर्नले शिर्ष स्थान गुमाएको छ। बायर्न १३ खेलमा १० जित र १ हार सहित ३२ अंक बनाएर दोस्रो स्थानमा छ। फ्रान्कफुर्ट १४ खेलमा ५ जित, ३ हार र ६ बराबरी सहित २१ अंक बनाएर सातौं स्थानमा छ।