September 19, 2024

एजेन्सी – म्यानचेस्टर युनाइटेडका गोलकिपर टम हेटनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो वास्तविक ‘गोट’ रहेको दावी गरेका छन्। एक कुराकानीका क्रममा हेटनले रोनाल्डो वास्तविक गोट रहेको दावी गरेका हुन्।

म्यानचेस्टर युनाइटेड टिभीसंगको भोल्दै हेटनले रोनाल्डो कसरी विश्वको उत्कृष्ट खेलाडी बने भन्ने कुरा आफूले देखेको बताए। रोनाल्डो दोस्रो पटक युनाइटेड फर्किँदा उनको दैनिकीलाई नजिकबाट नियालेको हेटनको भनाई छ।

“मेरो विचारमा असली ‘गोट’ रोनाल्डो हुन्। यहाँ हुँदा उनी आफूलाई कसरी तयार पार्छन्, कति मिहिनेत गर्छन् नजिकबाट देख पाएँ। उनले आफूलाई विश्वको उत्कृष्ट खेलाडी कसरी बनाए देख पाइयो।”,हेटनले भने।

कुराकानीका क्रममा हेटनले रोनाल्डोको भोक देखेर आफू चकित परेको बताउन छुटाएनन्। रोनाल्डो जिममा जहिले पनि पहिला पुग्ने गरेको हिनेत हेटनको भनाई छ।

उनी भन्छन्,”आफ्नो दोस्रो कार्यकालको लागि युनाइटेड फर्किएपछि मैले उनलाई देख्न पाएँ। उनी जिममा सबै भन्दा पहिला पुग्थे। उनले जे हासिल गरेको छन् त्यो अविश्वसनीय छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *