September 20, 2024

एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आगामी साता चिर-परिचित प्रतिद्वन्दी लिभरपुलको सामना गर्दैछ। पछिल्लो समय उच्च लयमा रहेको लिभरपुलको सामना गर्न पक्कै पनि युनाइटेडलाई सहज हुने छैन।

लिभरपुल विरुद्धको महत्वपूर्ण खेल अगाडी नै युनाइटेडलाई ठूलो झड्का लागेको छ। सो खेलमा युनाइटेडसंग महत्वपूर्ण खेलाडी हुने हैनन्। र ती खेलाडी क्लबका कप्तान ब्रुनो फर्नान्डेस रहेका छन्।

प्रिमियर लिगको जारी सिजनमा पाँच पहेंलो कार्ड बेहोरेका कारण उनले लिभरपुल विरुद्धको खेल गुमाउने भएका हुन्। पोर्चुगिज आक्रमणकारी मिडफिल्डरले एक खेलका लागि निलम्बित हुनेछन्।

आइतवार बोर्नेमाउथसँग युनाइटेडको भिडन्तमा एडम स्मिथलाई ट्रिप गरेको कारण कार्ड बेहोरेका थिए। सो पहेंलो कार्ड प्रिमियर लिगको जारी सिजनका लागि उनको पाँचौ थियो।

शनिबार राति युनाइटेड बोर्नेमाउथसंग ३-० को गोल अन्तरले पराजित भएको थियो। युनाइटेडले यस सिजन प्रिमियर लिगका ७ खेलमा पराजय भोगिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *