एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले ला लिगामा सिजनको दोस्रो हार बेहोरेको छ। आइतबार राति बार्सिलोनाले लालिगाको जारी सिजनमा दोस्रो हार बेहोरेको हो।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोना यो सिजन उच्च प्रदर्शन गरिरहेको जिरोनासंग पराजित भयो। जिरोनाले बार्सिलोनालाई ४-२ को गोल अन्तरले पराजित गर्यो।
जिरोनाको जितमा अर्टिम डोभेक, मिगुइल गुइटेरेज, भालेरी फर्नान्डेज र क्रिष्टियन स्टुएनीले गोल गर्दा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र इल्केए गुन्डोगानले एक-एक गोल गरे।
बार्सिलोनालाई पराजित गरेसंगै जिरोना लालिगाको शिर्ष स्थानमा उक्लिएको छ। जिरोनाले लालिगाका १६ मद्ये १३ खेलमा जित निकाल्दा मात्र एक खेलमा हार बेहोरेको छ। जिरोना २ बराबरी सहित ४१ अंक बनाएर शिर्ष स्थानमा छ।
दोस्रो स्थानको रियल भन्दा जिरोना २ अंकले अगाडी छ। पराजित बार्सिलोना भने लिगको चौंथो स्थानमा छ। बार्सिलोनाले सिजनका १६ मद्ये १० खेलमा जित निकाल्दा २ खेलमा पराजय भोगेको छ।
यस सिजन बार्सिलोना ४ खेलमा बराबरीमा रोकिएको छ। बार्सिलोनाको अहिले ३४ अंक छ। बार्सिलोना रियल भन्दा ५ अंक र जिरोना भन्दा ७ अंकले पछि छ। त्यस्तै तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको पनि समान ३४ अंक छ।