September 20, 2024

एजेन्सी – लालिगा क्लब रियल बेटिसका खेलाडी एटोर रुइबलले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी फुटबलमा सक्रिय रहेसम्म कुनै पनि खेलाडी उनी भन्दा उत्कृष्ट हुन नसक्ने बताएका छन्।

एक कुराकानीका क्रममा रियल बेटिसका एटोर रुइबलले मेस्सी खेलेसम्म आफू अन्य खेलाडीलाई उत्कृष्ट मान्न नसक्ने बताएका हुन्। मेस्सी खेलेसम्म उनी भन्दा उत्कृष्ट अरु कोहि हुन नसकने उनको दावी छ।

“जबसम्म मेस्सी सक्रिय छन्, म उहाँभन्दा राम्रो कोही छ भन्न सक्दिन। यो साँचो हो कि उहाँ अहिले उत्कृष्ट मध्ये एक हुनुहुन्छ र उहाँको उमेरमा यति उत्कृष्ट कोहि छैन। मेस्सी खेल्दा सम्म उनी भन्दा उत्कृष्ट कोहि हुन सक्दैन।”,रुइबलले भने।

मेस्सीले पहिलो पटक युरोप छाडेपनि उनको चर्चा भने निरन्तर जारी छ। पेरिस सेन्ट जर्मेन(पिएसजी)संगको सम्झौता सकिएपछि मेस्सी समर ट्रान्सफर विन्डोमा इन्टर मियामी आवद्ध भए।

मेस्सीले मियामीलाई छोटो समयमै एक उपाधि पनि दिलाए। मेस्सीले केहि समय अगाडी मात्रै आठौं बालोन डी’ओर उपाधि पनि जिते। केलियन एमबाप्पे, एर्लिङ हालान्ड र जुड बेलिङह्याम जस्ता खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेपनि मेस्सी सबैलाई कडा टक्कर दिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *