September 20, 2024

एजेन्सी – साउदी क्लब अल नासरले आज राति अल शबाबको सामना गर्दैछ। किङ कप अफ च्याम्पियन्सको क्वाटरफाइनलमा अल नासरले अल शबाबको सामना गर्न लागेको हो।

किङ कप अफ च्याम्पियन्सको सेमिफाइनलमा पुग्न आज जित निकाल्नै पर्ने दबाबमा दुवै टोली हुनेछन्। आजको खेलमा जित निकाल्ने टोली किङ कप अफ च्याम्पियन्सको उपाधि नजिक पुग्नेछ।

प्रतियोगिताको पछिल्लो चरणमा अल नासरले स्टिभन जेरार्डको अल एटिफाकलाई १-० को गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै अल शबाबले भने अल फतेहको चुनौतीलाई पाखा लगाएको थियो।

रोनाल्डो खेल्ने सम्भावना कति ?

किङ कप अफ च्याम्पियन्सको महत्वपूर्ण खेलमा आज पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पक्कै खेल्नेछन्। रोनाल्डोलाई आज आफ्नो गोल संख्यालाई थप अगाडी बढाउने मौका हुन सक्छ।

रोनाल्डो साउदीमा धेरै भन्दा धेरै उपाधि जित्ने योजनामा छन्। किङ कप अफ च्याम्पियन्स रोनाल्डोको करियरको एक उपाधि बन्न सक्छ। तर त्यसको लागि अल नासरले अब तीन खेल जित्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *