September 20, 2024

एजेन्सी – साउदी क्लब अल नासर अर्को एक उपाधि नजिक पुगेको छ। सोमबार राति महत्वपूर्ण खेलमा जित निकालेसंगै अल नासर अर्को उपाधिको नजिक पुगेको हो।

सोमबार राति अल नासरले किङ कप अफ च्याम्पियन्समा अल शबाब माथि सानदार जित निकाल्यो। अल शबाब आफ्नै घरेलु मैदानमा अल नासरसंग ५-२ को गोल अन्तरले पराजित भयो।

अल नासरका लागि सेको फोफाना, साडियो माने, अब्दुलरहमान घरीब, क्रिस्टियानो रोनाल्डो र मोहमद मरारीले एक एक गोल गरे। घरेलु टोलीका लागि भने कार्लोस र हटन बहेब्रीले गोल गरे।

यस जितसंगै अल नासर किङ कप अफ च्याम्पियन्सको सेमिफाइनलमा पुगेको छ। अल नासर पक्कै पनि सेमिफाइनलमा जित निकालेर फाइनल प्रवेश गर्दै उपाधि जित्ने योजनामा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *