September 20, 2024

एजेन्सी – युरोपियन फुटबल जगतका एक पत्रकारले गरिरहेको दावीलाई मान्ने हो भने पेरिस सेन्ट जर्मेन(पिएसजी)का फ्रेन्च स्टार किलियन एम्बाप्पेले आफ्नो भविष्य बारे निर्णय गरिसकेका छन्।

पत्रकार टमस गोन्जालेज-मार्टिनले आफ्नो भविष्य बारे एम्बाप्पेले निर्णय गरिसकेको दावी गरेका हुन्। टमस गोन्जालेज-मार्टिनका अनुसार एम्बाप्पेले आगामी वर्ष स्पेनिस महारथी रियल म्याड्रिड आवद्ध हुने निर्णय गरिसकेका छन्।

लामो समय देखि रियल म्याड्रिडसंग नाम जोडिएका एम्बाप्पेले अब ढिला नगरी रियल आवद्ध हुने निर्णय गरेको टमस गोन्जालेज-मार्टिनले जनाएका छन्।

फ्रान्सेली सुपरस्टार ला लिगा दिग्गजहरूका लागि दीर्घकालीन लक्ष्य हुन्। सन् २०२२ मा उनी रियल आवद्ध हुने अवस्थामा पुगेका थिए। तर विभिन्न कारणले गर्दा उनले अन्तिम समयमा आफ्नो निर्णय बदलेका थिए।

उनले त्यसबेला पिएसजीसंगको सम्झौता थप गरेका थिए। एम्बाप्पे र पिएसजी बीचको सम्झौता सन् २०२४ को समर सम्मका लागि छ। सम्झौतामा एक वर्ष थपको विकल्प राखिएको भएपनि एम्बाप्पे त्यसका लागि तयार नरहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *