September 20, 2024

एजेन्सी – प्रख्यात आर्सनल फ्यान र टिभी व्यक्तित्व पियर्स मोर्गनले च्याम्पियन्स लिगबाट म्यानचेस्टर युनाइटेड बाहिरएपछि प्रशिक्षक एरिक टेन ह्यागलाई बधाई दिएका छन्।

च्याम्पियन्स लिगको समूह चरणमा मात्र एक जित निकाल्दै ४ खेलमा हार बेहोरेर युनाइटेड बाहिरिएपछि मोर्गनले प्रशिक्षक टेन ह्यागलाई सामाजिक संजाल मार्फत बधाई दिएका हुन्।

मंगलबार राति च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा युनाइटेड बायर्न म्युनिखसंग पराजित भयो। जससंगै युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो।

युनाइटेडले च्याम्पियन्स लिगको समूह चरणमा १२ गोल गर्दा १५ गोल बेहोर्यो। यससंगै युनाइटेड च्याम्पियन्स लिगको समूह चरणमा १५ गोल बेहोर्ने पहिलो प्रिमियर लिग क्लब बन्यो।

“एरिक टेन ह्यागलाई बधाई छ कीर्तिमान तोडेकोमा। म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको समूह चरणमा १५ गोल बेहोर्ने पहिलो प्रिमियर लिग क्लब बनेको छ।”,मोर्गनले सामाजिक संजाल मार्फत भनेका छन्।

मोर्गन हालका महिनाहरूमा टेन ह्यागको मुख्य आलोचक भएका छन्। क्रिस्टियानो रोनाल्डो माथि गरिएको व्यवहारका लागि उनले निरन्तर टेन ह्यागको आलोचना गर्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *