September 20, 2024

एजेन्सी – ला लिगाका पूर्व खेलाडी माटियास वर्गासले आफू अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको ठूलो फ्यान रहेको खुलासा गरेका छन्। एक मिडियासंगको कुराकानीका क्रममा माटियास वर्गासले आफू मेस्सीको ठूलो फ्यान रहेको खुलासा गरेका हुन्।

पूर्व एस्प्यानियोल विङ्गरले बार्सिलोनाको सामना गर्दा मेस्सीसंग जर्सी साटा-साट गर्ने अवसर पाएको र मेस्सीको जर्सीलाई कयौं महिना संगै लिएर सुतेको बताए।

वर्गासका अनुसार उनले सुत्दा २-३ महिना सम्म मेस्सीको जर्सी सिरानीसंगै लिएर सुतेका थिए। आफ्नी आमाले धुन मेस्सीले दिएको जर्सी माग्दा पनि आफूले नदिएको उनको भनाई छ।

“म दुई वा तीन महिनासम्म मेरो सिरानीको छेउमा मेस्सीको जर्सी राखेर सुतेको थिएँ। मैले उनी विरुद्ध खेल्ने अवसर पाउँदा जर्सी साट्ने अवसर पाएको थिएँ। मैलो नै भएपनि मैले उनको जर्सी संगै लिएर सुतें। मेरी आमाले जर्सी धुन खोज्नु हुन्थ्यो। तर म जर्सी नछुन आग्रह गर्थें।”,वर्गासले भने।

वर्गासले गत महिना सांघाई पोर्टलाई दोस्रो चाइनिज सुपर लिग उपाधि जित्न मद्दत गरे। उनले अर्जेन्टिनाका लागि दुई खेल खेलेका छन्। तर अब उनले अर्जेन्टिनाका लागि खेल्ने कमै सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *