September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनाले हार बेहोरेको छ। च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले हार बेहोरेको हो।

समूह चरणको अन्तिम खेलमा बुधबार राति बार्सिलोनाले बेल्जियन क्लब एन्टवर्पको सामना गर्यो। एन्टवर्पको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-२ को गोल अन्तरले पराजित भयो।

बार्सिलोना खेलको सुरुवातमै पछि परेको थियो। खेलको दोस्रो मिनेटमै घरेलु टोलीले अग्रता लिन सफल भएको थियो। सो गोल आर्थर वर्मीरेनले गरेका थिए।

खेलको ३५ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। तर खेलको ५६ औं मिनेटमा भिन्सेन्ट जानसेनले पुनः घरेलु टोलीलाई अग्रता दिलाए।

खेलको ९० मिनेट सकिसकेपछि थप भएको पहिलो मिनेटमा मार्क गुइउले गोल गर्दै बराबरी गरेपनि बार्सिलोनाको हार टर्न सकेन। इन्ज्युरी समयको दोस्रो मिनेटमै जर्ज इलेनिखेनाले घरेलु टोलीका लागि विजयी गोल गरे।

समूह चरणको अन्तिम खेलमा पराजित भएपनि बार्सिलोना च्याम्पियन्स लिगको नकआउटका लागि छनोट भयो। बर्सिलोया यस अगाडी नै च्याम्पियन्स लिगको नकआउटका लागि छनोट भएको हो। बार्सिलोना समुह ‘एच’को समूह विजेता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *