September 20, 2024

एजेन्सी – रियल म्याड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरले अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भन्दा एर्लिङ हालाण्ड विरुद्ध डिफेन्ड गर्न कठिन हुने बताएका छन्।

एक कुराकानीका क्रममा रुडिगरले मेस्सी भन्दा हालाण्ड जस्ता खलाडीलाई डिफेन्ड गर्न कठिन हुने बताएका हुन्। सो क्रममा उनले मेस्सी भन्दा हालाण्ड जस्ता खेलाडीलाई डिफेन्ड गर्न कठिन हुनुको कारण पनि खुलाए।

रुडिगरका अनुसार होचा भन्दा अग्ला खेलाडीहरुको सामना गर्न कठिन हुन्छ। अग्ला खेलाडीहरुको सामना गर्न कठिन भएपनि आफू अग्ला खेलाडीहरु विरुद्ध नै खेल्न रुचाउने रुडिगरले बताउन छुटाएनन्।

“एर्लिङ] हालाण्ड वा [भिक्टर] ओसिमहेन जस्ता अग्ला खेलाडीहरू विरुद्ध रक्षा गर्न गाह्रो हुन्छ। [लियोनेल] मेस्सी जस्ता उचाइका खेलाडीहरू भन्दा बढी उचाई भएका खेलाडीहरुसंग म खेल्न रुचाउँछु।”,रुडिगरले भने।

कुराकानीका क्रममा रुडिगरले आफू हालाण्ड जस्तै प्रतिद्वन्दीको सामना गर्न सधैं तयार रहने पनि बताए। आफू यस्तै क्षणहरुका लागि कुर्ने गरेको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *