एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर जाप स्टामले युनाइटेडका प्रशिक्षक एरिक टेन ह्याग डराउनु पर्ने अवस्था रहेको बताएका छन्। एक कुराकानीका क्रममा पछिल्ला घटनाक्रमहरु बारे चर्चा गर्दै स्टामले टेन ह्याग डराउनु पर्ने अवस्था रहेको बताएका हुन्। ‘
टेन ह्यागले बढी बोल्ने भन्दा पनि आफ्नो कामको बारेमा बादी चिन्ता लिनु पर्ने स्टाम बताउँछन्। क्लबका खेलाडीहरु बीच राम्रो सम्बन्द नभएपनि शान्त संग अवस्थालाई ह्यान्डल गर्न स्टामको सुझाव छ।
त्यसक्रममा उनले क्लबका खेलाडीहरुसंग टेन ह्यागको राम्रो सम्बन्ध रहन नसक्नु राम्रो संकेत नभएको पनि उल्लेख गरे। पहिला क्रिस्टियानो रोनाल्डो, त्यसपछि जाडोन सान्चो र अहिले राफेल भरानसंग सम्बन्द बिग्रिनुले टेन ह्यागको खेलाडी व्यवस्थापन माथि प्रश्न उठाएको स्टामले बताए।
“टेन ह्याग चिन्तित हुनुपर्छ र अब के गर्ने भन्ने बारे राम्रोसंग सोच्नुपर्छ। तपाइँ खेलाडीहरूलाई प्रतिबन्ध लगाउन सक्नुहुन्छ, तर खेलाडीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारे त राम्रोसंग थाहा हुनै पर्छ। पहिला रोनाल्डोसंग लफडा, त्यसपछि सान्चो अनि अहिले भरान के भइरहेको छ ?”,स्टामले भने।
टेन ह्यागले म्यानचेस्टर युनाइटेडको दोस्रो सिजनमा धेरै कठिन चुनौतीहरुको सामना गर्न परिरहेको छ। युनाइटेड सन् २०२३-२४ को सिजन सुरु भएदेखि नै कम्जोर प्रदर्शन गरिरहेको।
युनाइटेले यस सिजन २४ खेल खेल्दा १२ खेलमा पराजय भोगिसकेको छ। काराबाओ कप र च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ। युनाइटेड प्रिमियर लिग पनि त्यति राम्रो अवस्थामा छैन। जस कारण यति बेला टेन ह्याग आलोचनाको केन्द्रमा छन्।