September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको जारी सिजनको नकआउट चरणको समीकरण पूरा भएको छ। समूह चरणका सम्पूर्ण खेल सकिएसंगै नकआउटमा स्थान बनाउने टोलीहरुको टुंगो लागेको हो।

च्याम्पियन्स लिगको नकआउट चरणमा स्पेनिस लालिगाबाट चार टोली प्रवेश गरेका छन्। स्पेनबाट रियल सोसिडाड, रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको म्याड्रिडले नकआउटमा स्थान बनाउँदा प्रिमियर लिगबाट मात्रै दुई टोली म्यानचेस्टर सिटी र आर्सनलले नकआउटमा स्थान बनाए।

त्यस्तै इटालियन सिरी ‘ए’का नापोली, लाजियो र इन्टर मिलान नकआउटका लागि छनोट भए। जर्मनीबाट पनि तीन टोली नकआउट चरणमा प्रवेश गरेका छन्।

जर्मनीबाट नकआउटमा स्थान बनाउने टोलीहरुमा बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड र आरबी लाइपजिग रहेका छन्। डेनमार्क, नेदरल्यान्ड्स, फ्रान्स र पोर्चुगलका एक-एक टोली नकआउट चरणमा प्रवेश गरेका छन्। ती हुन् – कोपनहगेन, पिएसभी, पिएसजी र पोर्टो।

समूह ए : बार्यन म्युनिख र कोपनहगेन
समूह बी : आर्सनल र पिएसभी
समूह सी : रियल म्याड्रिड र नापोली
समूह डी : रियल सोसिडाड र इन्टर मिलान
समूह ई : एट्लेटिको म्याड्रिड र लाजियो
समूह एफ : बोरुसिया डर्टमन्ड र पिएसजी
समूह जी : म्यानचेस्टर सिटी र आरबी लाइपजिग
समूह एच : बार्सिलोना र पोर्टो

Leave a Reply

Your email address will not be published. Required fields are marked *