September 20, 2024

एजेन्सी – गएको केहि समय देखि उच्च प्रदर्शन गर्दै आएका क्याटलान क्लब बार्सिलोनाका युवा खेलाडी लामिन यामलले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका छन्।

च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा लामिन यामलले एक असिस्ट प्रदान गरे। खेलको ३५ औं मिनेटमा फेरान टोरेसको गोलका लागि उनले असिस्ट दिएका थिए।

सो असिस्टसंगै उनले एक दुर्लभ रेकर्ड बनाएका छन्। लामिन यामल च्याम्पियन्स लिगमा असिस्ट प्रदान गर्ने सबै भन्दा कान्छा खेलाडी बनेका छन्। च्याम्पियन्स लिगमा उनले १६ वर्ष १ सय ५३ दिनमा असिस्ट प्रदान गरे।

च्याम्पियन्स लिगमा असिस्ट प्रदान गर्ने सबै भन्दा कान्छा खेलाडीको रेकर्ड बार्सिलोनाकै बोजन क्रिकिकको नाममा थियो। उनले १७ वर्ष ९१ दिनको उमेरमा सो रेकर्ड बनाएका थिए।

सन् २००७ मा उनले बनाएको रेकर्ड अब तोडिएको छ। यामलले व्यक्तिगत रूपमा फस्टाउन जारी राख्दा बार्सिलोना भने समूह चरणको अन्तिम खेलमा पराजित भयो।

बार्सिलोना बुधबार राति बेल्जियन क्लब एन्टवर्पसंग ३-२ को गोल अन्तरले पराजित भएको थियो। यधपी बार्सिलोना समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *