September 19, 2024

एजेन्सी – आर्सनल लेजेण्ड थियरी हेनरीले पेरिस सेन्ट-जर्मेन(पिएसजी)का स्टार किलियन एम्बाप्पेलाई तत्काल क्लब नछाड्न सुझाव दिएका छन्। एक कुराकानीका क्रममा हेनरीले एम्बाप्पेलाई जनवरी ट्रान्सफर विन्डोमा क्लब नछाड्न सुझाव दिएका हुन्।

एम्बाप्पेले जनवरी ट्रान्सफर विन्डोमा पिएसजी छाड्न सक्ने हल्ला चलिरहेका बेला हेनरीले भने उनलाई जनवरी ट्रान्सफर विन्डोमा कतै नगई पिएसजीमै रहन सुझाव दिए।

एम्बाप्पेले पिएसजीसंगको सम्झौता नसकिए सम्म क्लब छाड्न नहुने हेनरीको भनाई छ। आफू एम्बाप्पे भएभए सम्झौता नसकिएसम्म क्लबमै रहने हेनरीले बताए।

“यदि म एमबाप्पे हुँ भने, म कतै जाँदिन। जे सुरु गरेको हो त्यसलाई पूरा गर्नुपर्छ। सबैले यो बुझ्नु पर्छ कि एम्बाप्पेले पिएसजीलाई माया गर्छन्। म सम्झौताको अन्त्य सम्म उनी पिएसजीमा बसुन् भन्ने चाहन्छु।”,हेनरीले भने।

एम्बाप्पेको सम्झौता जुनमा सकिँदै छ। पिएसजी र उनी बीच एक वर्षका लागि सम्झौता थप गर्न सक्ने विकल्प रहेपनि एम्बाप्पे पिएसजीको बसाई लम्ब्याउने योजनामा देखिँदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *