एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोना क्लबका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीलाई बिक्री गर्न इच्छुक छ।
जनवरी ट्रान्सफर नजिकिरहेका बेला विभिन्न खेल मिडियाहरुले रोबर्ट लेवान्डोस्कीलाई बेन्च बार्सिलोना इच्छुक रहेको खुलासा गरेका हुन्। खबरका अनुसार बार्सिलोना रोबर्ट लेवान्डोस्कीका लागि प्रस्तावहरु सुन्न तयार छ।
आगामी जनवरी ट्रान्सफर विन्डोमा खर्च गर्नको लागि आर्थिक रुपमा सहजता छैन। जसकारण बार्सिलोना रोबर्ट लेवान्डोस्कीलाई बिक्री गरे अन्य खेलाडीमा खर्च गर्ने तर्फ अगाडी बढ्न सक्छ।
३५ वर्षीय लेवान्डोस्की क्याटलान दिग्गजहरूका सबैभन्दा धेरै कमाउने खेलाडीहरू मध्येमा पर्छन्। उनलाई बिक्री गर्दा कमाई पनि हुने र पारिश्रमिक भार पनि कम हुने तथ्यले बार्सिलोनालाई आकर्षित गर्ने बुझन् सकिन्छ।
लेवान्डोस्की सन् २०२२ को समर ट्रान्सफर विन्डोमा बार्सिलोना आइपुगेका हुन्। लेवान्डोस्कीकै बलमा बायर्नले उनलाई बिक्री गरेको थियो। बार्सिलोना आएपछि उनले पहिलो सिजनमा धेरै राम्रो प्रदर्शन गरे।
पहिलो सिजनमा राम्रो प्रदर्शन गरेपनि यस सिजन भने उनी खासै राम्रो लयमा देखिएका छैनन्। पोल्याण्ड आइकनले यस सिजनमा १९ खेलमा नौ गोल र चार असिस्टको योगदान दिएका छन्।