September 19, 2024

एजेन्सी – एट्लेटिको म्याड्रिडका कार्यकारी निर्देशक मिगुएल एन्जल गिल मारिनले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन प्रयास गरेको स्वीकार गरेका छन्।

एक कुराकानीका क्रममा मारिनले सन् २०२३ को समर ट्रान्सफर विन्डोमा रोनाल्डोलाई ला लिगामा ल्याउन आफ्नो क्लबले प्रयास गरेको खुलासा गरेका हुन्।

रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाडेपछि आफूहरुले उनलाई भित्र्याउन प्रयास गरेको र सो प्रयास असफल भएको उनको भनाई छ। रोनाल्डो अल नासरबाट खेलिरहेका कारण अब त्यस बारे थप टिप्पणी गर्न नमिल्ने उनले बताए।

“हामीले उनलाई म्यानचेस्टर युनाइटेड छोड्दा अनुबन्ध गर्न चाहन्थ्यौं। तर अहिले उनी अल-नासरसँग खेल्दै छन् र चम्किरहेका छन्। हामी यसबारे कुरा गर्न चाहँदैनौं।”,मारिनले भने।

सन् २०२२ को विश्वकप अगाडी रोनाल्डोले एक अन्तर्वार्ताका क्रममा युनाइटेड माथि विभिन्न आरोप लगाएका थिए। त्यसपछि उनी र क्लब बीचको सम्झौता रद्द भएको थियो।

सम्झौता रद्द भएपछि रोनाल्डोलाई फ्री ट्रान्सफरमा धेरै क्लबहरुले भित्र्याउन चाहेका थिए। तर रोनाल्डोले युरोप छाड्ने निर्णय गर्दै अल नासर आवद्ध हुने निर्णय गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *